किरात राई यायोक्खा वृषमान–जसरानी साकेला कप प्रतियोगिता २०७१ सम्बन्धि जानकारी तथा नियम : १, प्रतियोगितामा सहभागिता जनाउन चाहने समुहले मिति २०७१ बैशाख २५ गते विहीवार ५ बजेभित्र यायोक्खा, कोटेश्वरको कार्यलयमा नाम दर्ता गराईसक्नु पर्नेछ । त्यो भन्दा पछि आएको नाम दर्ता गरिने छैन । २, सहभागिताको लागि दर्ता शुल्क रू.५००/-लाग्नेछ । ३, प्रतियोगितामा सहभागि कलाकारहरू घटीमा १० देखी बढीमा १८ जनासम्म हुनुपर्नेछ । प्रतियोगितामा किरातराईजन्य सामाजिक संघ/संस्थाहरूले मात्र सहभागिता जनाउन सक्नेछन् । ४, प्रतियोगितामा सहभागि टिमले आफूलाई चाहिने सम्पूर्ण सामानको व्यवस्था आफैं गर्नुपर्नेछ । ५, प्रतियोगितामा सर्वोत्कृष्ट हुने समूहलाई नगद रू. ११,१११/-अक्षरेपी एघारहजार एकसय एघार मात्र ) सहित वृषमान जसरानि साकेला कपद्धारा पुरस्कृत गरिने छ भने अन्य सहभागि सम्पूर्ण टोली/समुहलाई प्रमाणपत्र प्रदान गरिने छ । ६, यो कप रनिङ कपको रुपमा राखिएकोले बिजयी टोलीलाई एक बर्षपछि यसको रिप्लिका (नमुना) प्रदान गरि सम्बन्धित आयोजक समितिले अर्को प्रतियोगिताको लागि लिनेछ । ७, प्रतियोगितामा गीत, सुर, ताल, लय, सीली, भेषभूषा, प्रस्तुति, समय, अनुशासन, सुरूवात र सिलीको अन्त्यलाई आधार मानेर मुल्यांकन गरिने छ । ८, सहभागि टोलीलाई सीली प्रदर्शनीको लागि जम्मा ९ मिनेटको समय दिईने छ । ९, आयोजक समतिले बनाएको नियम अनुसार प्रतियोगिताको निर्णायकहरूको निर्णय नै अन्तिम निर्णय हुनेछ ।
Kirat Rai Yayokkha
पूर्वी पहाडको अलगधारको राजनैतिक नालिवेली
Written by Admin   
Wednesday, 04 June 2014 18:24
-अर्जुन जम्नेली राई
‘सुनकोशी मेची जोडिन्छ, केन्द्रीय सत्ता तोडिन्छ’ आ–आफ्नो जात र थरको नाममै राज्य पाउनुपर्ने माग चौतर्फी आवाज उठिरहेको बेला केन्द्रीकृत एकात्मक राज्यसत्ताको ब्याबहारिक रुपमा अन्त्य गरी मेची कोशी र सगरमाथालाई जोडेर बृहत किरात स्वायत्त राज्यको माग गर्नेहरुको नारा हो यो ।
किरात स्वायत्त राज्यको पक्षमा रहेको किरात राई यायोक्खाको २०६६ कार्तिक २१ गते सुनसरीको धरानमा भएको सातौ राष्ट्रिय सम्मेलनको उद्घाटन सभा अघि भएको ¥यालीमा किराती युवाहरुले मेची र कोशी जोड्ने यही नारालाई प्रमुखताका साथ धन्काएका थिए ।
 
नेपालको पूर्वी पहाडमा स्वातन्त्र तथा एकले अर्कोलाई हसयोग गर्दै रहेको तत्कालिन वल्लो, माझ र पाल्लो किरात राज्यलाई आक्रमण गर्न पृथ्वीनाराण साहाले वि.स. १८२९ मा आफ्नो सेनालाई दुधकोशी तारेका थिए । माझ किरातमा आफ्नो वरचश्व कायम गरिसकेरपछि पृथ्वीनारायण शाहाको सेना वि.स.१८३१ बैशाखमा अरुण नदी तरेको थिए इतिहासबाट प्रष्ट हुन्छ । शाहाको सेनापति रघुनाथ र पल्लो किरात (लिम्बूवान)को सेनापति काङकोरेवीच द्वन्द्व युद्ध भयो । तर काङ्सोरेको युद्धको सर्त विपरित हत्या भयो । त्यसपछि सत्रौ पटकसम्मको आक्रमण गर्दा पनि पृथ्वीनारायण शाहाको उदेश्य पुराहुन नसेकेपछि दुवै पक्षवीच वि.स. १८३१ साउन २२ गते सन्धि भयो । सन्धिले किरातहरुले पृथ्वीनारायण शाहालाई माहाराजा मान्नुपर्ने, किरातीहरुले खाईपाई आएको सम्पूर्ण सुविधाहरु भूमिको अधिकार किरातीहरुमा कायम रहने, एकले अर्कोलाई षड्यान्त्र वा अपराध नचिताउने यदी कसैले सन्धि उलंघन गरे नुनपानीमा बिलाए झै दुबैपक्षले अपुतालीभई हराईजाउ भनि किरिया (कसम) खाएका थिए । यो सन्धिपछि पूर्वका किरातीहरु औपचारिक रुपमा साशन अधिकारबाट बञ्चित भए । सन्धि अनुसार उपभोग गर्दै आएको भूमि समेत २०२१ सालमा ल्याइएको भूमि ऐन सम्म आइपुग्दा किरातीहरुको भूमिको अधिकार समेत खोसियो ।
पृथ्वीनारायाण शाहाको भौगोलिक एकिकरणपछिको १ सय ४ बर्षे जहानिया राणाशासन ३० बर्षिय पञ्चायत कालभर किरातीहरुको राजनैतिक, भाषिक, धार्मिक, साँस्कृतिक अधिकार पूर्ण
Last Updated on Wednesday, 04 June 2014 18:59
Read more...
 
राई जाति: विविधतामा एकता र भविष्यका चुनौतिहरू
Written by Admin   
Monday, 07 April 2014 08:06
जीतपाल किरात राई
किरातदेखि राईसम्म – नेपालको प्राचीन सभ्यताको जग किरात शासनकालमा निर्माण भएको थियो । इतिहासकार ज्ञानमणि नेपालका अनुसार “लिच्छविकालक अभिलेखरुमा करीब असी प्रतिशत स्थानमा अड्डा, अदालतका र कर तिरो आदिका पारिभाषिक नाम संस्कृतेतर स्थानीय भाषाका पाइएका छन् । यसबाट लिच्छविको प्रारम्भ हुनु भन्दा पहिले यहाँका शासन व्यवस्था सुदृढ भइसकेको थियो भन्ने कुरा बुझिन्छ र अर्को किरात कालीक शासन संस्कृत सम्पदासंग सम्बन्धित रूप मै लिच्छविकालिक शासन संस्कृति थियो भन्ने कुरा बुझ्नु पर्दछ । 
 
Last Updated on Saturday, 10 May 2014 19:55
Read more...
 
लैबरी, हियारी र हाक्पारे किरात जातिको मौलिक गीति परम्परा
Written by Admin   
Wednesday, 07 May 2014 12:45
-दिलेन्द्र राई मुकारुङु 
 
प्रत्येक व्यक्ति, वस्तु र घट्ना आफैमा विशिष्ट मौलिक कथाहरू हुन् । प्रत्येक ब्यक्तिसँग आ–आफ्नै मौलिक विशेषताहरू रहेका हुन्छन् । ती मौलिक अनौठा र ठेट चरित्रहरू नै व्याक्तिको पहिचान मानिन्छ । त्यसैले व्यक्तिले म हुँ भन्छ । मसँग छुट्टै पहिचान, आफ्नै परिवार, समुदाय, समाज, पूर्खा, इतिहास, भूमी, भाषा, धर्म, संस्कृति, साहित्य, सृजना, रहनसहन, जीवनशैली, मनोरञ्जन, संस्कार, सूचना, विचार, राजनीति आदि हुन्छ । त्यतिमात्र होइन मसँग स्वभिमान, स्वतन्त्रता, स्वशासन र आत्मनिर्णयका अधिकार पनि सुरक्षित हुन्छन् । जसरी मसँग आफ्नै मौलिक पहिचान हुन्छ त्यसरी घर परिवार
Last Updated on Wednesday, 07 May 2014 12:58
Read more...
 
सोइ ढोले सोइ अर्को ढोले खोइ ः
Written by Kirat Rai Yayokkha.com   
Wednesday, 06 March 2013 10:35

सोइ ढोले सोइ अर्को ढोले खोइ ...
पृष्ठभूमिमा बजिरहेको छ । ढोल ढुङकु ढुङकु ढुङकु
ढोलको साथमा बजिरहेछ –झयाम्टा । झयाम झायाम झायाम...

गीतको भाका गञ्जिरहरन्छ  यसले उधौली साकेला आएको संकेत दिइरहेछ । यो मध्य मंसिर महिनाको हो । माझ किरात पल्लो किरात र ओल्लो किरात समाजमा यतिखेर नयाँ धानबाली पाकेर भित्रयाउने काम भईसकेको छ । बर्खेझरी  सहदै तरतरी पसिना,हिलाम्मे शरिर लतपतिदै गरिएको परिश्रमको मूल्य घरको ढुकुटी भरीएको छ । ढुकुटी – धन्सारमा थन्क्याइएको नयाँ अन्नबाली प्रकृति र पितृलाई पहिलो पटक नचढाई खान हुन्न भन्ने सामाजीक मान्यता रहि आएको छ ।

Last Updated on Tuesday, 13 May 2014 20:01
Read more...
 
फैलिन्दैछ किरात परिभाषा
Written by Kirat Rai Yayokkha.com   
Wednesday, 06 March 2013 07:01

-विजय चाम्लिङ

राई,लिम्बू,याक्खा र सुनुवार जाति मात्रै राई समुदाय कहालिन्थें।चार किरातमा यिनै तिनहरू पर्दछन्। तर अहिले केही अल्पसंकेत नेताहरू पनि किरात समुदायका रूपमा परिचित थालेका छन् ।

किरात समन्वय समितिले जिरेल, सुरेल, थामी, हायु, बराम र धिमाल जाति किरातमै मिसीने तयारी भईरहेको जानकारी दिएको छ । तीनीहरू पनि किरात समुदायभित्र पर्छ । समितिको पूर्व अध्यक्ष यशोदा राईले भनिन् चेतनाको कमीले गर्दा मात्रै आफूलाई किरातका रूपमा परिचित गराएका हुुुन ।

जातीय तथा सांस्कृतिक पहिचानको चेतनाले किरात विस्तार भई ‘दस किरात’ मा पुग्ने उनले बनाईन ।उनका अनुसार किरात धर्मग्रन्थ ‘मुन्दुम’ र प्रमुख चाड ‘उधौली –उभौली अनुसारका आधारमा रात वा गैर किरात छुट्टिने गर्छ ।

Last Updated on Wednesday, 07 May 2014 19:27
Read more...
 
दुङमाली राई भाषाको ईतिहास, वर्तमान अवस्था र हाम्रो दायित्व
Written by Admin   
Wednesday, 07 May 2014 08:43

 –केशर राई

विषय प्रवेशः

मानव सभ्यताको महानतम उपलव्धी भाषा हो । कुनैपनि जातिको पहिचान चिनारी आफ्नो भाषा, संस्कृति, संस्कार, रितिरिवाज तथा भेषभुषा हो । भाषाले मानव जातिको सभ्यता विकास र अस्तित्वको पहिचान गर्न सकिन्छ । भाषा कनै व्यक्तिकोे क्षणिक उत्तेजना महत्वकांक्षा र चाहनाबाट वन्न सक्ने वस्तु होइन । यो त मानव समाज विकासक्रममा आदिम युगदेखिको अथाह अभ्यास र प्रयासपछिको प्राप्त हुने परिणाम हो । जसका सहयताले हामी एकअर्कामा संचार भइ भाषा एक विनिमयको साधन वन्दछ । मानव जाति जति सभ्य र परिष्कृत हुदै जान्छ भाषाको पनि सोही अनुसार संगसंगै क्रमिक रुपमा विकास हुदै जान्छ । तसर्थ भाषा मानव जातिकोे अभिन्न अंग हो । भाषा विना मानव जीवन कल्पना समेत गर्न सकिन्न । सामmा भाषा विना जाति/राष्ट्र (nation) वन्न सक्दैन । विकसित जाति/राष्ट्र निर्माणको लागी पहिलो आधार भाषा हो । यी आधार नभइ जाति/राष्ट्रको कल्पना समेत गर्न सकिन्न । 

Last Updated on Tuesday, 13 May 2014 20:05
Read more...
 
« StartPrev1234NextEnd »

Page 1 of 4

Interview

Video

You need Flash player 6+ and JavaScript enabled to view this video.
Title: KIRAT FOLK TUNES...fusion of various tunes (0:04:26)

Facebook Like

Online

We have 553 guests online

Polls

ऐतिहासिक महत्वका गढि गौंडा लाई संरक्षण गर्न के गर्नु पर्ला ?
 

Our Thankful Contributors

Banner

Calendar

July 2014
SMTWTFS
12345
6789101112
13141516171819
20212223242526
2728293031

Photo Gallery..


Powered by : bikashsoft

WebSite Visited