All Activities
साकेला सिली :पृष्ठभूभि संसारका हरेक जातिहरू कुनै न कुनै संस्कार, संस्कृति, विश्वास र आस्थामा आवद्ध रहेका हुन्छन्। यो उनीहरूको ऐतिहासिक सम्बन्धको द्योतक पनि हो। मानवको सृष्टिसंगै उनीहरूले लामो समयदेखि गरेका अनुभव व्यवहार र प्रचलनले धर्म, संस्कृति र परम्पराको स्वरुप धारणगर्न पुगेपछि यसैलाई आजतक मानवजगतले निरन्तरता दिई आएका छन। यो परम्परा र संस्कृति भित्र ठूलो इतिहास लुकेको हुनाले यसको क्रमबद्ध अध्ययन र खोज गर्ने जिम्मेवारी आएको छ। त्यस्तै विविध परम्पराहरूमध्येको किरात राईहरूले वार्षिक रुपमा दुईपटक बैशाखे र मंसिरे धान्यपूर्णेदेखि मनाउने साकेला उभौली र उधौलीचाड किरातहरूको लागि अपार मनोरञ्जन र खुसीको विषय पनि भएको छ। Read more... |
भवन व्यवस्थापन गर्दाको अनुभवकिरात राई यायोक्खा केन्द्रीय कार्यालय भवन व्यवस्थापन गर्दाको अनुभव' -यशोदा राई किरात राई यायोक्खा (किराया) स्थापनाकाल (२०४५ साल साउन २२ गते किरात राई सांस्कृतिक तदर्थ समिति र २०४७ भदौ २२ र २३ मा सम्पन्न पहिलो राष्टिय सम्मेलनबाट किरात राई यायोक्खा नामाकरण)देखि संगठित आफ्नो समुदायबीच धर्म, संस्कार, संस्कृति, भाषा, साहित्य, शिक्षा, स्वास्थ्य आदि क्षेत्रमा जुट्दै आएको छ। २०६५ सालमा यायोक्खाको २१औं स्थापना दिवस मनाउँदै गर्दा हक, अधिकारका सवालहरू बुलन्द रुपमा उठाइरहेको छ। हालसम्म किरात राईहरूको बाहुल्य रहेका जिल्लाहरूमा १५ वटा जिल्ला कार्यसमिति र तदर्थ कार्यसमिति गठन भएका छन्। यसैगरी २ सय ४० भन्दा बढी प्रारम्भिक कार्यसमिति रहेका छन्। Read more... |
किरायाको भवन तथा जग्गा खरिद गर्ने सन्दर्भमा केही तीता मीठा संस्मरणहरू-ईन्द्रकुमारी राई किरात राई यायोक्खा सम्पूर्ण किरात राईहरूको साझा तथा गौरवशाली जातीय संस्था हो। यायोक्खाको स्थापनाकालमा जाति, भाषा, संस्कृति, संस्कार र साहित्यको उत्थान, संरक्षण र सम्बर्द्धन गर्ने उद्देश्यहरू थिए। युगको परिवर्तनसँगै त्यसमा परिमार्जन र परिस्कृत गर्दै अगाडि जानु यायोक्खाको जिम्मेवारी र गहन दायित्व पनि हो। हाम्रा अग्रजहरूले निकै संघर्ष गरी २०४५ श्रावण २२ मा किरात राई यायोक्खा जन्माउनु भयो। विस्तारै हुर्काउदै लानु भयो। कठिनाइ र उतावचढावहरू पार गर्दै किराया जवान हुदै गयो। साथै विभिन्न समस्या र आवश्यक्ताहरू बढ्दै ........ Read more... |
प्राविधिक शिक्षा र किरातीहरूनेपालको शिक्षा नीतिमा प्राविधिक तथा व्यवहारिक शिक्षालाई सर्वसुलभ बनाएको छैन। नेपालको अव्यवहारिक शिक्षा नीतिको कारणले गर्दा वर्षेनी हजारौ युवाहरू बेरोजगार बनिरहेका छन्। अधिकांश समुदाय आर्थिक विपन्नताको मारमा छन्। यसमा पनि किरात समुदायलाई मात्र लिने हो भने पनि स्थिति अत्यास लाग्दो मान्न सकिन्छ। विशेष गरी किरात राईको बढी जनघनत्व भएको भोजपुर, खोटाङ, धनकुटा, संखुवासभा, उदयपुर, ओखलढुङ्गा आदि जिल्लाबाट वर्षेनी किरात राई समुदायबाट बेरोजगारी संख्या बढिरहेको छ। राज्यले व्यवसायिक तथा सीपमूलक शिक्षा नीति अवलम्वन नगर्दा समस्या चर्किदै गएको छ। प्राविधिक शिक्षा जताततै अध्ययन गर्ने स्थिति छैन। स्थानीयस्तरमा प्राविधिक शिक्षा नराखिदा त्यस्तो शिक्षा लिन चाहने विद्यार्थीहरू आर्थिक समस्याले गर्दा बेरोजगारीमै चित्त बुझाउन बाध्य छन्। सूचना प्रविधिको समयमा पनि नेपालमा भने सैद्धान्तिक शिक्षालाई निरन्तरता दिइनुले समस्या थपिइरहेको हो। Read more... |
General Information




today