Kirat festival begins !. Kirat festival Sakewa begins. The schedule of the programme - Jestha 13 Nakhipot, lalitpur-14 khelmaidan, Jestha -15,Tudikhel , kathmandu, jestha 21 purano thimi, bhaktapur, jesth -22,kathmandu, sankhapark, jestha -29, Koteshwor mahadevsthan, kathmanduTuwachung Jayajum Financial Committee !. Tuwanchung Jayajum Conservation Committee has formed Central Financial Committee under the Chairpersonship of former Yayokkha Chair Kul Bahadur Rai MBE.
Kirat festival begins
------------------------------------ Tuwachung Jayajum Financial Committee
------------------------------------
VIEW ALL

Click to login
Request for new user Accout?

२२औं दिवस

किरात राई यायोक्खाको २२औं स्थापना दिवसमा अभिनन्दन र पुरस्कार वितरण निप्सुङ संवाददाता काठमाडौं। किरात राई यायोक्खाको २२ औं स्थापना दिवस २०६६ साउन २२ गते भव्य समारोहबीच सम्पन्न भएको छ। नेपालको राजधानी काठमाडौंको जमलस्थित नेपाल सांस्कृतिक संस्थानमा आयोजित समारोहमा किरात राई जातिका विशिष्ट व्यक्तित्वहरूलाई अभिनन्दन र शैक्षिक नव प्रतिभाहरूलाई पुरस्कार प्रदान गरिएको छ। अदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानका उपाध्यक्ष जितपाल किरातको प्रमुख आतिथ्य रहेको समारोहमा किरात ललितकला समाजका अध्यक्ष कलाकार रतनकुमार राईलाई अभिनन्दन गरिएको छ। सन् १९७० मा भारतबाट ललितकला विषयमा स्नातकोत्तरप्राप्त राई किरात जाति, इतिहास, मुन्धुम, संस्कार, संस्कृतिलगायतमा कुची चलाउँदैआएका छन्। उनकै परिकल्पनामा पहिलो किरात हाङ यलम्बरको प्रतिबिम्ब कोरिएको हो। उक्त स्केचलाई पूर्णता दिने काम कलाकार टेकबीर मुखियाले गरेका हुन्। यसैगरी रतनकुमारले किरात राई यायोक्खाको लोगो निर्माण गरेका हुन्। उनको योगदानको कदर गर्दै यायोक्खाले अभिनन्द गरेको हो। यसैगरी २०५१ सालदेखि रेडियो नेपालमा विभिन्न १६ वटा मातृभाषामा समाचार प्रसारण गर्ने तात्कालीन सरकारले व्यवस्था गरेपछि राई बान्तावा भाषामा समाचार प्रसारण हुँदैआएको छ। मातृभाषाको समाचार सम्पादन तथा वाचनमा समर्पित श्यामराज राई दुब्देहाङलाई किराया, धनकेशर-अतम्बरी राई स्मृति सञ्चार पुरस्कार प्रदान गरिएको छ। सो अवसरमा डा.विमला राई पौडेल र डा. विना राईलाई पि.एच.डी पुरा गर्नुभएकोमा ताम्रपत्रद्धारा विशेष सम्मान गरियो।.....
Read more>>

Activities                         See all activities


Newly electd members of KTM
Kartik 15,2066- 7th general assemly of kirat rai yayokkha,kathmandu district was held at sumnima bhawan, koteshwor. The newly elected members of kirat rai yayokkha kathmandu district ar as follows Chairperson Mr. Yadav bantawa. more..

आगामी संघीय राज्यमा मातृभाषाहरूलाई
आगामी संघीय राज्यमा मातृभाषाहरूलाई स्थानीय कामकाजको भाषा मान्यता पाउनुपर्ने भाषाविद् प्रा. डा. योगेन्द्रप्रसाद यादवले बताएका छन्। उनले भने, नेपालमा स्थानीय भाषाको रुपमा मातृभाषा, सम्पर्क भाषाको रुपमा नेपाली र अन्तर्राष्टिय रुपमा अंग्रेजी भाषा गरी तीन तहको भाषा प्रयोग गर्नुपर्छ। बुङ्वाखाको ५० औं (स्वर्ण) अंक प्रकाशनको अवसरमा आयोजित.............. more..

न्यू योर्कमा साकेला सम्पन्न
न्यू योर्कमा साकेला सम्पन्न - आकाश, न्यू योर्क अमेरिकामा बस्ने किरात राइ समुदायले आफ्नो महान चाड साकेवा / साकेला उभौली बिशेष ढंगले धुमधामका साथ हालै न्यू योर्क शहरमा मनाए। संसार कै राजधानी मानिने न्यू योर्क शहरको क्विन्ज ब्रिज पार्कमा साकेला पूजा एवम नाच आयोजना गरिएको थियो भने ज्याक्सन हाइट स्थित ढाका क्लबमा भब्य सान्स्कृतिक कार्यक्रम सम्पन्न भएको थियो। किरात राइ सोसाइटी अफ अमेरिका (KRSA) ले आयोजना गरेको उक्त कार्यक्रममा अमेरिकाको बिभिन्न १६ भन्दा बढी राज्यमा रहनु भएका किरात राइहरुले भाग लिएका थिए। साकेला नाच कार्यक्रमको अवसरमा आयोजित समारोहमा प्रमुख अतिथी नेपाल राष्ट्रिय जनजाती प्रतिस्ठानका उपाध्यक्ष जित्पाल किरात हुनुहुन्थ्यो। समरोहमा बाल्टिमोरबाट आउनु भएकी उमेरले पाको महिला मिना राइले फेटा गुथी सम्मान गर्नु भएको थियो । त्यस्पछी प्रमुख अतिथीले समरोहमा उपस्थित अन्य बिशिस्ट पाहुनाहरुलाई फेटा लगाइ सम्मान गर्नु भयो । सम्मानित हुनेहरुमा जर्मनीका लागि भुतपुर्ब राज्दुत डा. नोवल किशोर राइ, more..

शाखा अधिकृत परीक्षा तयारी कक्षा
आदिवासी जनजाती उत्थान राष्टिय प्रतिष्ठानबाट प्राप्त आर्थिक सहयोगको किराया ले सही सदुपयोग गरी किरात समुदायको नैतिक र अर्थिक स्थिती उकास्न चलाएरको क्रन्तिकारी अभियानको सराहना गर्दै अगामी दिनहरुमा पनि यस्तै अभियानको अपेक्षा गर्दै सहयोग समेत गर्ने बचन दिनुभयो। र अन्त्यमा समावेशी कर्मचारीहरुको विषयमा समेत महत्वपूर्ण कुराहरु उल्लेख गर्नुभयो।.... more..